सुदुरपश्चिममा आज २६ जनामा कोरोना संक्रमण
गोरखापत्र अनलाइन
आश्विन ३, २०७७ शनिबार
डेल्धुरा जिल्लाका दुईजनासहित सुदुरपश्चिममा शनिबार २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
डडेल्धुरा अस्पतालको कारोना परीक्षण प्रयोगशालामा गरीएको जाँचमा डडेल्धुरा नवदुर्गा गाउपालिकाका दुई, अमरगढी नगरपालिकामा एक, बैतडी जिल्ला पाटन नगरपालिकामा दुई र दार्चुला जिल्ला मार्मा गाउँपालिकाका २० जना र महाकाली नगरपालिकामा एकजना गरी २६ जनामा कोरोना संक्रमण पुष्टि भएको डडेल्धुरा कोभिड १९ परीक्षण प्रयोगशालाका मेडिकल ल्याब...