काठमाडौं उपत्यकाका ५१२ मा सङ्क्रमणको पुष्टि
गोरखापत्र अनलाइन
भाद्र २९, २०७७ सोमबार
काठमाडौं उपत्यकामा कोरोनाभाइरसका ५१२ जना सङ्क्रमित थपिएका छन् । उपत्यकाका तीन जिल्लामा पछिल्लो चौबीस घण्टामा ५१२ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा ४४०, ललितपुरमा ४३ र भक्तपुरमा २९ जना सङ्क्रमित थपिएका छन् । काठमाडौंमा १४१ महिला र २९९ पुरुष, ललितपुरमा २८ महिला र १५ पुरुष तथा भक्तपुरमा ११ महिला र १८ पुरुषमा सङ्क्रमणको पुष्टि भएको हो ।