पहिलो गम्भीर सङ्क्रमित घर फर्किए, कोरोनालाई ख्यालख्याल नसोचौं
गोरखापत्र अनलाइन
भाद्र २८, २०७७ आईतवार
बाँकेमा पहिलो पटक प्लाज्माथेरापी शुरु गरेर भेरी अस्पतालमा प्लाज्मा प्रदान गरिएका सल्यानका गम्भीर अवस्थाका संक्रमित निको भएर घर फर्किएका छन् ।
कोरोना संक्रमित भै श्वासप्रश्वास, ज्वरो, खोकी र निमोनिया देखिएपछि गम्भीर अवस्थामा पुग्नु भएका सल्यान शारदा नगरपालिका–६ का २९ वर्षीय प्रविण केसी (अनुमतिमा नाम र तस्बिर सार्वजनिक) भेरी अस्पतालमा प्लाज्मा थेरापी उपचार विधिबाट निको भएर आइतवार घर फर्किनु भएको हो ।