कोरोनाको कारण चितवनमा एकजनाको मृत्यु, ७१ जना संक्रमित
गोरखापत्र अनलाइन
भाद्र २६, २०७७ शुक्रबार
कोरोना संक्रमणबाट चितवनका एकजनाको मृत्यु भएको छ भने एकै दिन ७१ जनामा संक्रमण पुष्टि भएको छ । पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत रत्ननगर नगरपालिका–२ की ७८ वर्षीया महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।
दमको समस्याले यही भदौ २३ गते अस्पतालमा भर्ना हुनुभएको उहाँ २४ गते दिउँसो उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा मृत्यु भएको थियो । मृत्युपछि शुक्रबार विहान आएको पीसीआर नतिजामा उहाँमा कोरोना संक्रमण पुष्टि...