समुदायस्तरमा कोरोना परीक्षण गर्दा सिरहामा ५४ जना संक्रमित
गोरखापत्र अनलाइन ,
भाद्र २२, २०७७ सोमबार
सिरहामा सोमबार एकैदिन सबैभन्दा बढी ५४ जनालाई संक्रमणको पुष्टि भएको छ । संक्रमण हुनेमा लहान नगरपालिकाको कर्मचारीदेखि नेपाली सेनामा कार्यरतसमेत छन् ।
जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले सोमबार आएको परीक्षण प्रतिवेदन अनुसार, चोहर्वास्थित नेपाली सेनाको ब्यारेकका २८ जना संक्रमित भएका छन् । योसमेत गरी सैनिक ब्यारेकमा संक्रमित हुनेको सङ्ख्या ३९ पुगेको छ । जिल्ला प्रहरी कार्यालय सिरहामा पनि एक...