शिर मेमोरियल अस्पतालका १७ जनामा सङक्रमण, धुलिखेल अस्पतालमा थप एकको मृत्यु
गोरखापत्र अनलाइन ,
भाद्र २०, २०७७ शनिबार
कोरोना सङक्रमणबाट धुलिखेल अस्पतालमा एक पुरुषको आज (शनिवार) विहान मृत्यु भएको छ । महोत्तरी जिल्ला बर्दिवास नगरपालिका निवासी ७६ वर्षीय पुरुषको उपचारका क्रममा शनिबार विहान मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक १५ दिनदेखि अस्पतालमा उपचाररत रहनुभएको थियो ।
त्यस्तै, बनेपा नगरपालिका वडा न ५ मा रहेको शिर मेमोरियल अस्पतालमा १७ जनामा...