धुलिखेल अस्पतालका १२० स्वास्थ्यकर्मी क्वारेन्टाइनमा, अस्पताल सिल
गोरखापत्र अनलाइन ,
श्रावण २९, २०७७ बिहीबार
धुलिखेल अस्पतालका स्वास्थ्यकर्मी र बिरामीमा कोरोना देखिएपछि अस्पतालको आकस्मिक बाहेकका अन्य सेवा बन्द गरिएको छ । बिरामी र स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि अस्पतालले ओ.पी.डी, आकस्मिक कक्ष र वार्ड सहित संक्रमण फैलिएको आंशका भएकाले केही समय अस्पतालको सेवा बन्द गरी निसङ्क्रम गर्न आवश्यक देखिएकाले संक्रमणमुक्त नहुन्जेलसम्म अस्पतालको आकस्मिक सेवा मात्र सञ्चालन हुने जनाएको छ ।