दैलेखको स्वास्थ्य सेवा कार्यालयको आकस्मिक कक्ष सिल
गोरखापत्र अनलाइन
जेष्ठ १८, २०७७ आईतवार
जिल्ला स्वास्थ्य कार्यालय, दैलेखको आकस्मिक कक्ष सिल गरिएको छ । भारतबाट आएका एक युवा क्वारेन्टाइनबाट भागेर स्वास्थ्य कार्यालय, दैलेखको इमरजेन्सी वार्डमा आफूलाई ज्वरो आएको भन्दै गएको र उपचार गराएपछि पछि उनको आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि इमरजेन्सी वार्ड सिल गर्नुपरेको जिल्ला प्रशासन कार्यालय, दैलेखले जानकारी दिएको छ । उहाँ २२ वर्षीय पुरुष मधुमेह रोगका बिरामी रहेछन् ।