दाङमा सङ्क्रमित दुई स्वास्थ्यकर्मीसहित नौजना अस्पताल भर्ना
गोरखापत्र अनलाइन ,
जेष्ठ १८, २०७७ आईतवार
दाङमा क्वारेन्टाइनमा खटिएका दुई जना स्वास्थ्यकर्मीसहित नौ जनामा कोरोना सङ्क्रमण देखिएपछि उपचारको लागि अस्पताल लगिएको छ । गढवा गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा खटिएका दुई जना पुरुष स्वास्थ्यकर्मीमा कोरोना देखिएको र उनीहरूलाई कोरोना विशेष अस्पताल बेलझुणडी लगिएको गढवा स्वास्थ्य शाखाले जनाएको छ ।
लमही नगरपालिका वडा नं. १ निवासी ४० वर्षीय र राप्ती गाउँपालिका वडा नं. ८ निवासी ३६ वर्षीय स्वास्थ्यकर्मीमा...