मधुमेह घरघरको समस्या
गोरखापत्र अनलाइन ,
मंसिर ३, २०७६ मंगलवार
आजभोलि कम उमेरका मानिसमा पनि मुटुरोग, मधुमेह, उच्च रक्तचाप जस्ता रोगहरु लाग्न थालेको छ ।
“त्यसका कारणहरू हाम्रै हातमा छन्”, जनस्वास्थ्य विज्ञहरु भन्नुहुन्छ, “हाम्रो जीवनशैलीसँग जोडिएका कुरा छन् । हाम्रो आनाबानी, रहनसहन, खानपानका कुरा, व्यायाम नगर्ने र अर्को ठूलो समस्या तयारी खानेकुरा रहेको हो ।”