जिल्ला अस्पताललाई डेंगु किट उपलब्ध
गोरखापत्र अनलाइन ,
भाद्र २९, २०७६ आईतवार
बैतडीको दशरथचन्द नगरपालिकाले जिल्ला अस्पताल बैतडीलाई डेंगु परीक्षण किट उपलब्ध गराएको छ । देशैभरि डेंगुका बिरामी फेला परेकाले डेंगु रोग परीक्षणमा सहयोग पु¥याउने हेतुले किट उपलब्ध गराइएको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले जानकारी दिनुभयो । अस्पताललाई ४५ किट उपलब्ध गराइएको उहाँले बताउनुभयो ।