दैनिक एकमा अर्बुद तथा मिर्गाैलाको समस्या
रासस
भाद्र २३, २०७६ सोमबार
हेटौँडा उपमहानगरपालिकामा मात्र दैनिक एक जनालाई मुटु रोग, मिर्गौला रोग तथा अर्बुदजस्ता रोग देखा परेको पाइएको छ । चाँडो निको नहुने, निको भए पनि उपचार महङ्गो पर्ने, सजिलैसँग उपचार सेवासमेत नपाइने र ढिलागरी मात्र थाहा पाए निको नै नभएर ज्यानै जाने खालका रोगका कारण पछिल्ला पाँच महीनाको अवधिमा १५८ जना बिरामी परेका पाइएको छ ।