कालोबजारी नियन्त्रण गर्न खाद्य पसलमा अनुगमन
गोरखापत्र अनलाइन
फाल्गुन १५, २०७८ आइतवार
कपिलबस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटा बजार क्षेत्रमा कालोबजारीलाई नियन्त्रण गर्न खाद्य पसलमा अनुगमन गरिएको छ । चन्द्रौटा क्षेत्रमा एक दर्जनभन्दा बढी होटल, रेष्टुरेण्ट तथा किराना पसलमा अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख शिवशंकर मिश्राले बताउनुभयो । नागरिकको स्वास्थ्यमा खेलवाड गर्ने कसैको अधिकार नरहेकाले गुणस्तरीय खाद्यबस्तु बिक्रि गर्न उहाँले व्यवसायीलाई आग्रह गर्नुभयो...