जागिरसँगै ड्रागन खेतीमा जमेका दुई युवा
गोरखापत्र अनलाइन
फाल्गुन १५, २०७८ आइतवार
ड्रागन फ्रुटको व्यावसायिक खेती सुरु गरेको पहिलो वर्षमै मनग्य आम्दानी हुन थालेपछि कृषि प्राविधिकको जागिरसँगै ड्रागन खेतीमा लागेका धनुषाका दुई युवा उत्साहित बन्नुभएको छ । मिथिला नगरपालिका –९, बेंगाडाबरमा सोही वडाका उमेशकुमार महतो र बटेश्वर गाउँपालिका –१ का सञ्जयकुमार महतोले डेढ वर्षदेखि ड्रागन फ्रुटको खेती गरिरहनुभएको छ । उहाँहरू दुवैजना नेपाल सरकारका कृषि प्राविधिक पदका जागिरे हुनुहुन्छ । सञ्जयकुमार मिथिला...