logo
२०८१ बैशाख १७ सोमवार



कालोबजारी नियन्त्रण गर्न खाद्य पसलमा अनुगमन

खुला |
प्रदेश |


कालोबजारी नियन्त्रण गर्न खाद्य पसलमा अनुगमन


नारद कोहार
तौलिहवा, फागुन १५ गते । कपिलबस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटा बजार क्षेत्रमा कालोबजारीलाई नियन्त्रण गर्न खाद्य पसलमा अनुगमन गरिएको छ । चन्द्रौटा क्षेत्रमा एक दर्जनभन्दा बढी होटल, रेष्टुरेण्ट तथा किराना पसलमा अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख शिवशंकर मिश्राले बताउनुभयो । नागरिकको स्वास्थ्यमा खेलवाड गर्ने कसैको अधिकार नरहेकाले गुणस्तरीय खाद्यबस्तु बिक्रि गर्न उहाँले व्यवसायीलाई आग्रह गर्नुभयो ।

कतिपय व्यवासयीले अखाद्य वस्तु वेच्नेगरेकाले त्यस्ता व्यवसायीलाई कडाईकासाथ निर्देशन दिएको प्रमुख मिश्राले बताउनुभयो । विभिन्न समयमा गरिने बजार अनुगमनले कालोबजारी नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास रहेको समेत उहाँले बताउनुभयो । यसभन्दा अघि गरिएको अनुगमनभन्दा धेरै सुधार आएको उहाँले बताउनुभयो ।

कतिपय पसलले कालोबजारी गरेको भन्ने गुनासाहरु आउनेगरेकाले उक्त कार्यलाई रोक्न अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका अधिकृत विष्णु पोखरेलले बताउनुभयो । अनुगमन गरिएका पसलमा मुल्यसुचि नभएको, नविकरण नगरिएको, अखाद्यबस्तु विक्री गर्न राखिएको लगायतका कमी कमजोरी भेटिएको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?