फरक समूहको रगत दिँदा बिरामी अग्रवालको मृत्यु
गोरखापत्र अनलाइन
फाल्गुन १६, २०७८ सोमबार
लगातार खोकी लागेपछि उपचारार्थ उर्लाबारीस्थित गोदावरी हस्पिटल भर्ना हुनुभएका उर्लाबारी –६ का अनिल अग्रवाललाई फरक रक्त समूहको रगत दिंदा उहाँको मृत्यु भएको छ । फरक समूहको रगत शरीरमा चढाएपछि मृत्यु भएको अस्पतालले जनाएको छ । माघ ६ गते अस्पताल भर्ना भएका अग्रवालको माघ २६ गते उपचारका क्रममा मृत्यु भएको हो ।