logo
२०८१ बैशाख २२ शनिवार



अपाङ्गता भएका १८२ जनालाई प्रोत्साहन भत्ता

खुला |
प्रदेश |


अपाङ्गता भएका १८२ जनालाई प्रोत्साहन भत्ता


अमरराज नहर्की
तनहुँ, फागुन १० गते । तनहुँको एक नगरपालिकाले ‘ग’ वर्गको पहेंलो कार्ड प्राप्त अपाङ्गता भएका व्यक्तिलाई प्रोत्साहन भत्ता वितरण गरेको छ । नेपाल सरकारले पहेँलो कार्ड प्राप्त व्यक्तिलाई प्रोत्साहन रकम नदिने निर्णय गरे पनि व्यास नगरपालिकाले प्रोत्साहनस्वरुप सो भत्ता दिएको बताएको छ ।

यस क्रममा नगरपालिकाले १४ वटै वडाका गरी १८१ जना (ग) वर्गका अपाङ्गता भएका व्यक्तिलाई सो भत्ता वितरण गरेको हो । नगरपालिकाको उपप्रमुख तथा नगरस्तरीय अपाङ्गता समन्वय समितिको संयोजक मिरा जोशीले प्रतिव्यक्ति चार हजारका दरले प्रोत्साहन रकम वितरण गरिएको जानकारी दिनुभयो ।

सरकारले ‘क’ र ‘ख’ वर्गमा परेका व्यक्तिहरुलाई नेपाल सरकारले मासिक रुपमा सामाजिक सुरक्षा भत्ता प्रदान गरे पनि ‘ग’ वर्गलाई सुविधा प्रदान नगरेकाले नगरपालिकाको तर्फबाट प्रोत्साहनस्वरुप सहयोग गरिएको उपप्रमुख जोशीले बताउनुभयो । नगरपालिका कोषबाट पहेँलो कार्ड प्राप्त अपाङ्गता भएका व्यक्तिलाई वार्षिक चार हजार रुपियाँ प्रदान गर्ने निर्णय गरे बमोजिम रकम प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो ।

शुक्रबारबाट १ देखि ४ नम्बर वडासम्मका ‘ग’ वर्गका पहेंलो कार्ड प्राप्त व्यक्तिहरुलाई प्रोत्साहन रकम वितरण गर्न थालिएको व्यास नगरपालिका महिला तथा बाललबालिका शाखाका प्रमुख राधा वाग्लेले जानकारी दिनुभयो । ‘सरकारले रातो र नीलो कार्ड प्राप्त व्यक्तिलाई मात्र प्रोत्साहन रकम दिने गरेको छ, तर व्यास नगरपालिकाले पहिलो कार्ड भएकालाई पनि रकम प्रदान गर्न बैठकबाट पारित गरेरै वितरण शुरु गरेको छ’ उहाँले भन्नुभयो ।

नगरपालिकाबाट १३३ जनाले पहेँलो कार्ड लिएका छन् भने शुक्रबार १९ जनालाई प्रतिव्यक्ति वार्षिक दुई हजार पाँच सय रुपियाँका दरले प्रोत्साहन रकम वितरण गर्न थालिएको व्यास नगरपालिका महिला तथा बालबालिका शाखाका कार्यालय सहायक मुना तामाङले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?