logo
२०८१ बैशाख १८ मंगलवार



मुस्लिम सेवा सदन निर्माणकार्य सुरु

प्रदेश |
समाज |


मुस्लिम सेवा सदन निर्माणकार्य सुरु
मुस्लिम सेवा सदन निर्माण स्थलमा निर्माणको लागि सहयोग गर्ने मनसायले हिन्दु–मुस्लिम दुबै समुदायका अगुवाहरु तस्बिरः जीबछ



जीबछ यादव
लाहान, फागुन १० गते । लाहान नगरपालिका –५ बाख्रा बजारमा मुस्लिम सेवा सदन निर्माणकार्य सुरु भएको छ । हिन्दु समुदायका आधा दर्जनभन्दा बढी सेवा सदन रहेको लाहानमा मुस्लिम समुदायको पहिलो सेवा सदन निर्माण हुन लागेको छ । सेवा सदन निर्माणको लागि लाहान नगरपालिकाले एक कठ्ठा जमिन उपलब्ध गराएको हो ।

हिन्दु समुदायको सहयोगमा निर्माण हुन लागेको मुस्लिम सेवा सदन धार्मिक सहिष्णुताको लागि महत्वपूर्ण हुने विश्वासका साथ सेवा सदन निर्माण हुन लागेको लाहान–५ का वडाध्यक्ष मो. सुलेमान अन्सारीले जानकारी दिनुभयो । उहाँका अनुसार सदन निर्माणको लागि वडा कार्यालय लहान नगरपालिका र स्थानीय हिन्दु–मुस्लिम दुबै समुदायको सहयोग रहने विश्वासका साथ निर्माणकार्य अघि बढाएका छौँ ।

लाहानमा हिन्दु–मुस्लिमको भाइचारा र एकता सन्देसमुलक रहेकाले यस सदनको निर्माणको लागि लहान नगरपालिकाका कानुनी सल्लाहकार प्रमोद भट्टराई र समग्र जन उत्थान केन्द्रका अध्यक्ष तथा प्रध्यापक भैरव गेलालले पाँच हजार र दस हजार रकम सहयोग गर्नुभयो ।

लाहान नपा वडा नम्बर २,५,१७,१८ र १९ नम्बरमा मुस्लिम समुदायको बाहुल्य रहेकाले धार्मिक, सामाजिक र सांस्कृतिक गतिविधि गर्न मुस्लिम सेवा सदन निर्माणले हामी उत्साहित भएको नेपाल मुस्लिम इत्तेहाद सङ्गठन लाहानका अध्यक्ष तथा पत्रकार फिरोज सिद्धिकीले खुसी व्यक्त गर्नुभयो ।

लाहानमा यादव समुदायको गोपाल सेवा समिति, मारवाडी समुदायको मारवाडी सेवा समिति, गुप्ता समुदायको रौनियार सेवा समिति र महतोहरुको कुशवाहा सेवा समिति निर्माण भैसकेका छन् । थारु र दलित समुदायले समेत सेवा सदन निर्माणका लागि गृहकार्य गरिरहेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?