जनचाहना अनुसार सरकारले काम गरेको छ : मुख्यमन्त्री गुरुङ
रासस
फाल्गुन २, २०७६ शुक्रबार
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अमूर्त कुरा गरेर क्रान्ति नहुने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्याङ्जाद्वारा ‘जनआन्दोलन तथा जनयुद्धका शहीदको स्मृतिमा समाजदोन्मुख जनताको जनवाद’ विषयक बिहीबार यहाँ आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशमा गणतन्त्र स्थापना भइसकेको अवस्थामा क्रान्तिका अमूर्त कुरा गरेर समय खेर नफल्न आग्रह गर्नुभयो ।