चार महिनादेखि दन्तसेवा बन्द, भिडियो एक्सरे र शल्यक्रिया सेवा ठप्प
रासस
माघ २८, २०७६ मंगलवार
जिल्ला अस्पताल जाजरकोटमा उपचारका लागि आउने बिरामी यतिबेला उपचार नपाएर फर्कने गरेका छन् । उपचार नपाउँदा बिरामी हजारौँ खर्चेर जिल्ला बाहिर जान बाध्य छन् । अस्पतालमा कार्यरत डा निशा बुढामगर नहुँदा चार महिनादेखि दन्तसेवा ठप्प छ । बुढाबाहेक दन्तसेवामा अरु स्वास्थ्यकर्मी छैनन् । उहाँ सुत्केरी बिदामा बसेपछि सेवा नै ठप्प हुन पुगेको हो ।