logo
२०८१ मंसिर १४ शुक्रवार



धरौटी रकम बुझाउन नसकेपछि ‘मिटरब्याजी’ आरोपी यादव कारागार चलान

प्रदेश |


धरौटी रकम बुझाउन नसकेपछि ‘मिटरब्याजी’ आरोपी यादव कारागार चलान


सर्लाही समाचारदाता
सर्लाही, माघ २८ गते । ‘मिटरब्याजी’ आरोपी सर्लाही बरहथवा निवासी रामबाबु राय यादव झुम्का कारगार चलान भएका छन् ।

जिल्ला अदालत सर्लाहीका न्यायधिस हरिप्रसाद कोईरालाको सोमबारको एकल इजलासले यादवलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । तर धरौटी रकम बुझाउन नसकेपछि यादवलाई सुनसरीको झुम्का कारागार पठाईएको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी प्रतितसिंह राठौरले जानकारी दिनुभयो ।

थुनछेक बहस सकिएपछि सोमबार साँझ जिल्ला न्यायधिश कोईरालाले यादवलाई १५ लाख रुपैंया धरौटी रुपैंयामा छाड्न आदेश दिनुभएको थियो । यादवविरुद्ध प्रहरीले गत शुक्रवार ठगी तथा आपराधिक विश्वासघात सम्वन्धिको कसुरमा जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको थियो ।

( भूलसुधार )
सोमबारको गोरखापत्र अनलाईनमा यादव धरौटी रकम बुझाएर छुटेको समाचार प्रकाशित भएको थियो । भूलबस  त्रुटी भएकामा हामी क्षमाप्रार्थी छौं ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?