चोरीको घटना बढेपछि रातभर जाग्राम
गोरखापत्र अनलाइन ,
मंसिर ७, २०७६ शनिबार
केहीदिन अघि सुनसरीको सीमावर्ती क्षेत्र हरिनगर गाउँपालिका ५ बसन्तपुरका देवानन्द यादवको घरमा चौपाया चोरी भएकाले यहाँका स्थानीयहरु आफ्नो सुरक्षा आँफै गर्न जाग्राम बस्न थालेका छन् ।
गाउँटोलमा एकपछि अर्को चोरीको घटना बढेकाले स्थानीयहरु गर्मीमा तातो हावाको कारण र अहिले जाडोमा चोरको विगविगीबाट बच्न जाग्राम बस्न वाध्य भएका स्थानीय राहुल यादवले गुनासो गर्नुभयो ।