भारतीय नम्बर प्लेटका गाडी चल्न नेपालमा रोक
गोरखापत्र अनलाइन ,
मंसिर ७, २०७६ शनिबार
व्यवसायिक प्रयोजनका लागि रौतहटको सदरमुकाम गौरमा एक दशकदेखि चल्दै आएको भारतीय नम्बर प्लेटका तीन पाङ्ग्रे सवारी (टेम्पु) चल्न रोक लगाइएको छ ।
उच्च अदालत जनकपुर अस्थायी ईजलाश वीरगञ्जले गौर र भारतीय बजार बैरगनियाँ आवतजावत गर्ने व्यवसायीकरुपमा सञ्चालित भारतीय नम्बर प्लेटका टेम्पुमा रोक लगाएको हो ।
पर्सा जिल्ला वीरगंज महानगरपालिका वडा नम्बर १६ लक्ष्मि मोटर्स प्रालीका प्रोपराइटर अरुण कुश्वाहाले सो स्थानमा चल्दै आएको...