उपल्लो मुस्ताङको लोमान्थाङमा मौलिक पहिचान झल्कने वडा कार्यालय
गोरखापत्र अनलाइन ,
कार्तिक ९, २०७६ शनिबार
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ को वडा कार्यालय भवन निर्माण भएको छ । लोमान्थाङ गाउँपालिकाले मौलिक पहिचान झल्कने एकतले पाँचकोठे भूकम्प प्रतिरोधी क्षमताको पक्की भवन निर्माण गरेको हो । रु ८० लाखको लागतमा निर्माण भएको नयाँ भवनबाट कार्यालय सञ्चालन शुरु भएको वडाध्यक्ष रिनजिनदोर्जे विष्टले बताउनुभयो ।