logo
२०८१ मंसिर १० सोमवार



घुस लिएको आरोपमा बुटवलबाट सब इन्जिनियर पक्राउ

राष्ट्रिय |
प्रदेश |


घुस लिएको आरोपमा बुटवलबाट सब इन्जिनियर पक्राउ


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक ९ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख २० हजार घुस लिएको आरोपमा एकजना सब इन्जिनियरलाई नियन्त्रणमा लिएको छ । आयोगले शिक्षा विकास निर्देशनालय प्रदेश नं ५ बुटवलमा कार्यरत सब इन्जिनियर सन्दिप पौडेललाई नियन्त्रणमा लिएको हो ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले विद्यालयको भवन निर्माण कार्य सम्पन्न भई अन्तिम किस्ता विद्यालयको खातामा निकासा गर्न सव इन्जिनियर पौडेलले सेवाग्राहीबाट घुस मागेको बताउनुभयो । उक्त घुस वापतको रुपियाँ लिन सब इन्जिनियर पौडेलले जेभीसी चालक विक्रम बस्नेतलाई लिन पठाएकोमा आयोगका कर्मचारीले घुससहित नियन्त्रणमा लिएको जनाएको छ । दुबैजनालाई बुटवल उपमहानगरपालिका वडा नं २ उजिरसिंह टोलबाट पक्राउ गरिएको प्रवक्ता कोइरालाले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?