logo
२०८१ बैशाख २२ शनिवार



लेक लागेका पयर्टककाे हेलिकोप्टरबाट उद्दार

प्रदेश |


लेक लागेका पयर्टककाे हेलिकोप्टरबाट उद्दार


राजन रावत

सिमकोट, असोज २८ गते । हुम्ला जिल्लाको प्रसिद्ध चाङ्ला हिमालको अवलोकन गर्न गएका पर्यटकलाई हिमालको फेदीबाट हेलिकोप्टरबाट उद्दार गरि काठमाडौं पठाइएको छ । उक्त हिमालको अवलोकन गर्ने क्रममा लेक लागेपछि नेपाल र चीनको सिमाना समेत रहेको ताकु लाग्नाबाट ती पर्यटकको हेलिकोप्टरबाट उद्दार गरिएको हो ।

उत्तरी हुम्लाको स्थलगत रुपमा पर्यटकीय स्थलहरुको अवलोकन गर्दै गरेका इटालियन नागरिक जेम्स भ्याल्दिमिर नोभाकलाई सिमकोट गाउँपालिकाको वडा नम्बर १ को चाङ्ला हिमाल नजिकको ताकु लाग्नामा लेक लागेपछि काठमाडौंबाट आएको सिम्रिक एयरको हेलिकोप्टरले काठमाडौं उद्धार गरेको प्रहरी नायब उपरिक्षक रामप्रसाद घर्तिमगरले बताउनुभयो ।

केही दिन अघि हुम्ला जिल्ला आएका ६७ वर्षीया पर्यटक नोभाकको टोलीले लिमी, न्यालु, छुउसा, सल्ली, दोजाम हुँदै चाङ्लातर्फ लागेको र त्यहाँ लेक लागेपछि उहाँको उद्दार गरेको उहाँले बताउनुभयो । उहाँको टोलीमा तीनजना अरु विदेशी पर्यटक र दुईजना शेर्पा रहेकोमा हाल लेक लागेका नोभाकलाई उद्दार गरिए पनि अरु पर्यटक तथा नेपाली शेर्पाहरु भने उतै रहेको उहाँले बताउनु भयो ।

यो सिजनमा उत्तरी हुम्लाका विभिन्न स्थानहरुमा पर्यटकहरु आउने सिजन सुरु भएको छ । हालसम्म सातवटा समुहले हुम्ला अवलोकन गरिरहेको र अझ केही समुह आउने जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?