logo
२०८१ मंसिर ९ आईतवार



विद्युत विस्तार नहुँदा स्थानीय निरास

नजिकै गाउँबाट तार तानेर बत्ती बाल्ने व्यवस्था

प्रदेश |


विद्युत विस्तार नहुँदा स्थानीय निरास



लम्की समाचारदाता
लम्की, असोज ८ गते । दुईवर्ष अघि स्थानीय तहको चुनावमा घरघरमा पुगेर भोट माग्ने नेताले प्रतिवद्धता पूरा नगरेपटि जनता निरास भएका छन् ।

घोडाघोडी नगरपालिकाको मुटु मानिने वडा नम्बर १ सुखड बजारबाट नजिकै रहेको करिव ५५ घरधुरी रहेको कैलाशपुर र कौवा गाउँको समस्या सम्बन्धित निकायले नबुझिदिँदा उक्त गाउँ बत्तिमुनिको अध्यारो जस्तै भएको छ ।

नजिकैका गाउँमा झलमल्ल बिजुली झलमल्ल बल्दा यस टोलका बासिन्दा नगरपालिका र विद्युत कार्यालय धाउँदा धाउँदा वाक्क भैसकेका छन् ।

स्थानीय चक्र बमका अनुसार पोल गाडिएको ३ वर्ष बित्दा पनि विद्युत् आउन नसक्नु स्थानीय जनप्रतिनिधिको चासो नभएको बताउनुभयो ।

पटक पटकको आग्रह गरेरपछ ४१ वटा पोल गाडिए पनि ट्रान्समिटर र तारको जोहो नहुँदा विद्युत विस्तार हुन सकेको छैन ।

निम्न वर्ग र दलित समूदायको बसोबास रहेको उक्त गाउँमा नजिकै गाउँबाट तार तानेर बत्ती बाल्ने व्यवस्था स्थानीयले गरेका छन् ।

स्थानीय दल बहादुर विश्वकर्माले एउटा मिटरबाट गाउँभरी वत्ती बाल्ने सम्म ब्यवस्था गरिए पनि महंगो शुल्क तिर्नु परेको र कहिलेकाँही पावर नपुगी बत्ती नै नबल्ने समस्या रहेको बताउनुभयो ।

नेपाल विद्युत प्राधिकरण कार्यालय भजनीका प्रमुख प्रतिष ढकालले रुखहरु हटाउने वितिक्कै तार विस्तार र ट्रान्समिटर जडान हुने बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?