logo
२०८१ बैशाख २५ मंगलवार



गाडी ठोक्किँदा दुई जनाको मृत्यु

खुला |
प्रदेश |


गाडी ठोक्किँदा दुई जनाको मृत्यु


शान्ता अधिकारी
चितवन, माघ २१ गते । नारायणगढ–मुग्लिन सडकखण्डको भरतपुर महानगरपालिका– २९ पन्ध्र किलोमा ट्रिपर र मारुती भ्यान एकापसमा ठोक्किंदा भ्यानमा सवार दुई जनाको मृत्यु भएको छ । दुई जना घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मुग्लिनबाट नारायणगढतर्फ आउँदैगरेको बा ११ च ५७८८ नम्बरको मारुती भ्यान र नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको लु २ ख १७०१ नम्बरको ट्रिपर शुक्रबार बिहान ८ः३० बजे एकापसमा ठोकिँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुने दुबै जना एकै परिवारका भएको खुलेको छ ।

प्रहरीकाअनुसार मृत्यु हुनेमा धादिङ गल्छी गाउँपालिका– १ निवासी ३६ वर्षिया निशा ढुङ्गाना र उहाँको ९ वर्षिय छोरा निमेश ढुङ्गाना हुनुहुन्छ । उहाँहरुको चितवन मेडिकल कलेज शिक्षण अस्पताल (पुरानो मेडिकल कजेल) मा उपचारका क्रममा मृत्यु भएको छ ।

भ्यानचालक ३५ वर्षिय राजकुमार ढुङ्गाना र मृतक निशाकी आमा राप्ती नगरपालिका ३ का ५८ वर्षिया धिरमायाँ ओली घाइते हुनुभएको छ । ओलीको अवस्था गम्भीर रहेको र ढुङ्गानाको अवस्था मध्यम रहेको छ । घाईते दुबै जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । कार्यालयका ट्रिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?