पचास लाखको अक्षयकोष स्थापना गर्दै काँग्रेस
गोरखापत्र अनलाइन
माघ २०, २०७८ बिहीबार
नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर– १ ले ५० लाख रुपियाँको अक्षय कोष स्थापनाको अभियान सुरु गरेको छ । व्यवस्थित पार्टी कार्यालय, दक्ष कर्मचारी व्यवस्थापन, सदस्यको अभिलेखिकरण तथा लेखन र प्रकाशनको काम नियमित गर्ने उद्देश्यकासाथ कोष स्थापना गर्न लागिएको हो ।