बाढीले पुरिएका घरमा बस्न थाले बाढीपीडित
गोरखापत्र अनलाइन
माघ २०, २०७८ बिहीबार
बालुवा, माटो, लेदो, ढुङ्गा पन्छाएर मेलम्ची बाढीपीडित क्षतिग्रस्त घरमा बस्न थालेका छन् । गत असार १ गते भे्रमाथाङ पहिरो मेलम्ची बाढीमा परिणत भएर आएपछि मेलम्ची नगरपालिका–११, मेलम्चीका ७० भन्दा बढी घर पुरिएका थिए । बाढीले क्षतिग्रस्त बनाएको घरका बालुवा र लेदो पन्छाएर पीडितहरू बस्न थालेका हुन् ।