logo
२०८१ बैशाख २३ आईतवार



छाप र लेटरप्याडमा एकरुपता दिँदै बागमती सरकार

प्रदेश |


छाप र लेटरप्याडमा एकरुपता दिँदै बागमती सरकार


काठमाडौं, माघ २० गते । बागमती प्रदेश सरकारले आफू अन्तर्गतका मन्त्रालय, निकाय र कार्यालयको छाप तथा लेटर प्याडमा एकरुपता कायम गराउने भएको छ । प्रदेश सरकारले माघ १७ गते राजपत्रमा सूचना प्रकाशन गरी सबै निकायमा छाप र लेटर प्याडको एक रुपता कायम गर्ने गरी मापदण्ड तोकेको हो ।

यस अघि प्रदेशका विभिन्न निकायबाट हुने काममा छाप र लेटर प्याड एकरुपता नभएको पाइएपछि यस्तो निर्णय गरिएको वागमती प्रदेश सरकारका सचिव रुद्र सिंह तामाङले जानकारी दिनुभयो । बागमती प्रदेश सरकार अन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गरेको छ ।

लेटर प्याडमा नेपालीमा कालिमाटी फन्ट बोल्ड गर्ने, लेटर प्याडको माथिल्लोमा देखिने बागमती प्रदेश फन्टको साइज १६ र त्यसपछिको मन्त्रालयको नामको फन्ट २४ मा हुनुपर्ने, अन्य सम्बन्धित ठेगानाको फन्ट साइज १४ हुनुपर्ने, चलानी नम्बर र मितिको फन्ट ११ हुनुपर्ने र अन्तिममा फोन नम्बर, इमेल ठेगानाहरुको फन्ट साइज १० हुनुपर्ने सूचनामा उल्लेख गरेको छ ।

लेटर प्याडको अङ्ग्रेजीमा टाइम्स न्यु रोमन फन्ट बोल्ड गरेर प्रयोग गर्ने निर्णय गरेको छ । सरकारले सूचना जारी गर्दै छापको नमुना सार्वजनिक गरेको छ । यस सूचना प्रकाशनसँगै यस अघि मितिः २०७६÷१०÷२८ गते प्रकाशित सूचनालाई खारेज गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?