बलात्कार अभियोगमा पुनलाई ११ वर्ष कैद
गोरखापत्र अनलाइन
माघ १९, २०७८ बुधबार
१७ वर्षिया युवतीलाई बलात्कार गरी गर्भपतन गराएको कसुरमा त्रिवेणी गाउँपालिका– १, सल्यानका २५ वर्षीय जनकबहादुर पुनलाई जिल्ला अदालत म्याग्दीले ११ वर्ष कैद फैसला सुनाएको छ । म्याग्दीका जिल्ला न्यायाधीश तेजनारायण पौडेलको इजलासले १७ वर्षीया युवतीलाई बलात्कार गरेर जबरजस्ती गर्भपतन गराएको भन्दै बलात्कार कसुरमा १० वर्ष र गर्भपतन गराएको कसुरमा थप १ वर्ष गरी ११ वर्ष कैद फैसला गरेको हो ।