कैलाली प्रशासनद्वारा विपन्न, असहायलाई न्यानो कपडा वितरण
गोरखापत्र अनलाइन
माघ १९, २०७८ बुधबार
शीतलहरका कारण जनजीवन प्रभावित भएपछि जिल्ला प्रशासन कार्यालय कैलालीले विपन्न, असहाय र फरक क्षमताका व्यक्तिलाई न्यानो कम्बल वितरण गरेको छ । चिसोबाट बच्न सहयोग पुगोस भनेर प्रशासनले आवश्यकता भएका व्यक्तिहरुलाई न्यानो कपडा बाँडेको बताएको छ ।