होमराज रानाभाट
पोखरा, माघ १९ गते । दुुर्घटनालाई न्यूुनीकरण गर्न कास्कीको अन्नपूर्ण गाउँपालिका १० घान्द्रुकस्थित कलाभिरमा रेलिङ निर्माण गरिएको छ । रेलिङ निर्माण भएपछि अव दुर्घटना न्युनिकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित करिब एक लाख ४५ हजार रुपियाँको लागतमा सो भिरमा रेलिङ निर्माण गरिएको हो । घान्द्रुकका स्थानिय होटल तथा पर्यटन व्यवसायीहरु र देश विदेशमा रहेका दाताहरुको आर्थिक सहयोगमा पक्की रेलिङ निर्माण सम्पन्न भएको स्थानीय अमृत गुरुङले बताउनुुभयो । सो स्थानमा असोज २५ गते जीप दुर्घटना हुँदा चालकसहित आठ जनाको घटनास्थलमै ज्यान गएको थियो ।
गुरुङले दुर्घटना पश्चात् नकरात्मक सन्देश प्रवाह भएको बताउँदै सो क्षेत्रमा सुरक्षित महशुस गराउन रेलिङ निर्माण गरिएको बताउनुुभयो । “त्यो दुर्घटना अत्यन्तै दुखदायी बन्यो, पर्यटकमा पर्न गएको नराम्रो असरपछि हामीले ढुुक्क महसुस गराउन रेलिङ निर्माण गरेका हौं”, उहाँले भन्नुुभयो, “यस क्षेत्रमा भएका पाँच वटा घुम्तीमा ऐना पनि राखेका छौं, अब यसले यात्रा थप सुरक्षित बनाउने अपेक्षा लिएका छौं ।’
रेलिङ निर्माणपछि घान्द्रुक यात्रामा सुरक्षित महसुस गर्न सकिने स्थानीयले पनि विश्वास गरेका छन् । ‘त्यो घटनापछि गाउँले पनि हिड्न डराउँथे, यो बनेपछि सबै ढक्क बनेका छन्’ गुरुङले भन्नुुभयो ।
भारतीय राजदुतावासको आर्थिक सहयोगमा सञ्चालित एम्बुलेन्स चालक तथा रेलिङ निर्माण समितिका संयोजक यामबहादुर गुरुङले अब सो क्षेत्रमा यात्रा गर्दा ढुक्क भएको बताउनुुभयो । उहाँकाअनुसार अहिले जोखिम क्षेत्रमा ढलानका निम्ति गण्डकी प्रदेश सरकारबाट २० लाख रुपियाँ बजेट विनियोजन भएको छ । ‘अब ढलानको काम पनि छिटै हुन्छ । हामी तयारीमै छौं’, गुरुङले भन्नुुभयो ।