सुदूरपश्चिममा ओरालो लाग्यो कोरोना सङ्क्रमण दर
गोरखापत्र अनलाइन
माघ १७, २०७८ सोमबार
सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर घटेको छ । एक हप्ता अगाडि उच्च बिन्दुमा पुगेको सङ्क्रमण दर केही दिनदेखि ओरालो लागेको देखिएको छ । प्रादेशिक स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार यो प्रदेशमा माघ १० गते कोरोना सङ्क्रमण दर उच्च देखिएको थियो । त्यो दिन प्रदेशभरि एक हजार ५४७ जनाको परीक्षण गर्दा ५५० जनामा सङ्क्रमण पुष्टि भई सङ्क्रमण दर ३५.५५ प्रतिशत पुगेको थियो ।