logo
२०८१ जेष्ठ ५ शनिवार



सोलार मिनिग्रिड आयोजनाको सफल परीक्षण

खुला |
प्रदेश |


सोलार मिनिग्रिड आयोजनाको सफल परीक्षण


कमल शर्मा
दैलेख, माघ १७ गते । जिल्लाको महावु गाउँपालिका –३ बासीको रिठ्ठामा निर्माणाधीन १२० किलोवाटको जगनाथ भैरव सोलार मिनिग्रिड आयोजनाको परीक्षण सफल भएको छ । सौर्य ऊर्जाबाट विद्युत् निकाली रिठ्ठाका चार सय ६६ घरधुरीमा जडान गर्न वैकल्पिक उर्जा प्रर्बद्धन केन्द्रले निर्माण गरेको सोलार मिनिग्रिड आयोजनाको सफल परीक्षण गरिएको हो ।

जगनाथ भैरव सोलार मिनिग्रिड आयोजना उपभोक्ता समितिका अध्यक्ष धनबहादुर मल्लले आयोजनाबाट विद्युत उत्पादनको सफल परीक्षण भएको बताउनुभयो । पावर हाउसमा सफल परीक्षणपछि पोलहरुमा लाइन दिने भएकाले पोलको नजिक नजान अपिल गरिएको उहाँले बताउनुभयो ।

चार सय ६६ घरधुरीमध्ये १०५ घरधुरीमा लाइन बिस्तारको काम सकिएपछि विद्युत बाल्ने तयारीमा रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “अन्य तीन सय ६१ घरधुरीमा समेत लाइन विस्तार गरी अबको १५ दिनभित्र विद्युत बालिसक्ने तयारीमा रहेको उहाँले बताउनुभयो ।

आयोजनाअन्तर्गत तीनसय २५ वाट क्षमताका तीन सय ७० हजार सोलार पाता जडान गरिएको छ । जसबाट १२० किलोवाट मेगावाट विद्युत् उत्पादन हुनेछ । सोलार पाताबाट उत्पादन हुने डिसी ऊर्जालाई एसीमा बदल्न ६० किलोवाट क्षमताका दुईवटा इन्भर्टर जडान गरिएको छ । ब्याकअपको लागि समेत १२ वटा इन्भटर राखिएको छ । प्लान्टले २४ घन्टा विद्युत् उत्पादन गर्ने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?