logo
२०८१ मंसिर ७ शुक्रवार



अस्पतालका विरामीलाई आरामदायी बेड सुविधा

खुला |
प्रदेश |


अस्पतालका विरामीलाई आरामदायी बेड सुविधा


अमरराज नहर्की
तनहुँ, माघ १७ गते । तनहुँको शुक्लागण्डकी नगरपालिका –५ बेलचौतरास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा आरामदायी बेड जडान गरिएका छन् । विरामीलाई उपचारको क्रममा सहजकता प्रदान गर्न सङ्घीय सरकारको आर्थिक सहयोगमा जडान गरिएको केन्द्रले जनाएको छ । सङ्घीय सरकारको आर्थिक सहयोगमा २५ वटा अत्याधुनिक एचडियु (हाइ डिपेन्डेन्सी युनिट) बेड जडान गरिएको केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

एक करोड २३ लाख बजेटमा सो बेड हालै जडान गरिएको उहाँले जानकारी दिनुभयो । ‘बेड जडान गरिएपछि उपचारका लागि आउने सिकिस्त बिरामीहरुका लागि बढी उपयोगी भएको छ’ डा. श्रेष्ठले भन्नुभयो । कूल बजेट दुई करोड १२ लाख रुपियाँ विनियोजन भएपनि टेण्डरमा घटेर सो रकममा बेड राखिएको डा. श्रेष्ठले जानकारी दिनुभयो ।


आइसियु बेड जडान
यसैबीच केन्द्रमा दशवटा आइसियु बेड जडान गरिएको छ । सङ्घीय सरकारको दुई करोड ७४ लाख रुपियाँ लागतमा जडान गरिएको केन्द्रले जनाएको छ । केन्द्रमा सेवा सुविधामा सुधार गर्दै अघि बढेपछि तनहुँ छिमेकी जिल्ला स्याङ्जा, कास्की, नवलपरासी, पाल्पा लगायतका जिल्लाबाट विरामीहरु उपचारका लागि आउनेगरेको प्रशासन शाखा प्रमुख प्रदीप पौडेलले जानकारी दिनुभयो । दैनिक करिव दुई सयजना विरामी आउनेगरेको अस्पतालले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?