logo
२०८१ जेष्ठ ५ शनिवार



आफै अँध्यारोमा तीन जिल्लाका बिरामी हेर्ने आँखा उपचार केन्द्र

प्रदेश |


आफै अँध्यारोमा तीन जिल्लाका बिरामी हेर्ने आँखा उपचार केन्द्र


हरिकृष्ण ऐडी
मुगु , माघ १७ गते । मुगु जिल्ला लगायत छिमेकी जिल्ला हुम्ला र जुम्लाबाट आँखा उपचारको एक मात्र केन्द्र मुगुका आँखा अस्पताल जीर्ण बन्दै गएको छ छिमेकी जिलाका सेवाग्राहीलाई आँखा उपचार गर्न सो केन्द्रबाट ठूलो राहत मिले पनि सेवाग्राही जीर्ण भवनबाट आँखा र कानको उपचार लिन बाध्य छन् ।

जिल्लामै एउटा आँखा अस्पताल सञ्चालनमा आएकोले जिल्लाका र छिमेकी जिल्लाबाट आउने सेवाग्राहीले पुरानो र जीर्ण भनवबाट सेवा लिँदा डर मान्दै आँखा उपचार गर्नुपर्ने बाध्यता रहेको स्थानीय रत्नबहादुर सेजुवालले बताउनुभयो ।
उहाँका अनुसार आँखा अस्पताल भवनमा आखाँ उपचार गर्न आउने सेवाग्राहीलाई सार्वजनिक शाैचालय ब्यवस्थापन नहुँदा झाडीमा दिसापिसाब गर्नुपरेको छ ।
आँखा अस्पतालका एक जना मात्र इन्चार्ज ध्रुवबहादुर बुढथापालले अस्पतालमा दैनिक २० जनाभन्दा बढीले आँखा चेकजाँच गर्दै आउनुभएको छ । उहाँ आँखा उपचारको तालिम प्राप्त अहेब हुनुहुन्छ । उहाँका अनुसार आँखा अस्पताल मुगुमा उपकरण सबै प्रकारका भए तापनि भवन जीर्ण भएका कारण कोठाको ब्यवस्थापनमा समस्या भएको इन्चार्ज बुढाथापाले बताउनुभयो । एकै कोठामा सबै उपकरणको प्रयोग गरिदै आएको छ ।
हिमालय आँखा अस्पताल पोखरा को आर्थिक सहयोगमा आँखा अस्पताल मुगु ६८ सालबाट सञ्चालन हुँदैआएको हो । उक्त सहयोगी अस्तपाल पोखराले जिल्ला आँखा अस्पताल मुगुलाई एक जना कर्मचारी र आँखा सम्बन्धीका औषधि लगायत आवश्यकता अनुसारका आँखा चेकजाँजमा प्रयोग हुने उपकरणमा सहयोग गर्दै आएको छ ।

आँखा अस्पताल मुगुमा सबै काम इन्चार्जले धान्न नसक्ने भएपछि अस्तपालमा चेक गर्न आउने बिरामीबाट प्रतिब्यक्ति रु. पचासका दरले रकम लिइ एक जना कार्यालय सहयोगी कर्मचारी को ब्यवस्थापन गरिएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?