पुरानो झुत्रा कपडाबाट डसना, दैनिक हजारभन्दा बढी आम्दानी
गोरखापत्र अनलाइन
माघ १३, २०७८ बिहीबार
रौतहट गुजरा नगरपालिका ८ जयराजपुरका सालिम मोहम्मद पछिल्लो ३ महिनादेखि घरबाट निस्किएका छन् । ट्याक्टरमा पुराना काम नलाग्ने कपडा पेलेर कपास बनाउने मेशिन लिएर उहाँ बस्ती बस्ती पुग्ने गर्नुहुन्छ । कात्तिक महिनाबाट काम सुरु गर्दै उहाँ ११ जिल्ला पुग्नुभएको छ । टोल टोलमा पुगेर सिरक, डसना तथा सिरानी बनाउँदा दैनिक हजार बढी रुपियाँ आम्दानी पनि गर्नुभएको छ ।