कर्णाली प्रदेशमा गठबन्धनका गुरुङ्ग, विष्ट र बोहोरा विजयी
गोरखापत्र अनलाइन
माघ १२, २०७८ बुधबार
कर्णाली प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा सत्तारुढ गठबन्धनको तर्फका उम्मेदवारहरु बिजयी भएका छन् । गठवन्धनबाट नेपाली कांग्रेसका दुर्गा गुरुङ, नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट र एकीकृत समाजवादीका उदयबहादुर बोहोरा बिजयी हुनुभएको हो ।