कर्मचारीलाई कोरोना भएपछि मालपोत सेवा बन्द
गोरखापत्र अनलाइन
माघ १०, २०७८ सोमबार
कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि मालपोत कार्यालय बागलुङले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । कार्यालयका चार जना कर्मचारीको एन्टिजिन परीक्षण गर्दा कोरोना पुष्टि भएपछि अर्काे सुचना जारी नभएसम्मका लागि नियमित सेवा प्रवाह स्थगन गरेको हो ।