logo
२०८१ मंसिर ७ शुक्रवार



माटाका मूर्ति बनाएर मनग्य आम्दानी

खुला |
प्रदेश |


माटाका मूर्ति बनाएर मनग्य आम्दानी


जीबछ यादव
लाहान, माघ १० गते । माटोका विभिन्न मूर्तिजन्य सामग्री बनाएर गुजरा गर्ने लहानका कुम्हाल समुदाय अहिले सरस्वतीमाताको मूर्ति बनाउन व्यस्त छन् । परम्परागत पेशालाई अहिले पनि निरन्तरता दिइरहेका कुम्हाल समुदाय आफ्नो पुर्ख्याैली पेशाबाट मनग्य आम्दानी गर्न सफल भएका छन् ।

लाहान ४, ६ र ८ नम्बर वडामा १५० घर रहेका कुम्हाल समुदायका महिला पुरुष आफ्नो पुख्र्यौली पेशा माटोको विभिन्न सामग्रीहरु बनाएर आफ्नै गाँउ ठाँउमा कमाई गरिरहेको स्थानीय रामबाबु पण्डितले बताउनुभयो । एसएलसी उत्तीर्ण गरेपछि पढाइ छाडेर मुर्ति बनाउन लागेको उहाँले बताउनुभयो । वर्षभरिमा माटोको मूर्ति बनाएर चार लाखसम्म कमाइ भइरहेको उहाँको भनाइ छ । लाहानका ४, ६ र ८ तीनै वडाका युवाहरु सरस्वतीको मूर्ति बनाउन व्यस्त छन् ।

हिन्दुहरुले मनाउने दशैँ, तिहार, जितिया, कृष्णाष्टमी र सरस्वती पूजामा बढी मूर्तिको माग हुनेगरेको कुम्हाल समुदायका अगुवा लाहान –४ का शम्भु पण्डितले बताउनुभयो । उहाँका अनुसार कुम्हाल समुदायका युवाहरु विदेश जाँदैन, आफ्नै पुर्ख्याैली पेशालाई समयको मागअनुसार निखार्दै राम्रो कमाइ गरिरहेका छन् ।

दीपावली र छठ पर्वको समयमा दियो, हाती र पूजा सामग्रीहरु बनाएर महिलाले राम्रो आम्दानी गर्छन् भने पुरुषहरु मूर्ति र पेन्टरको काम गरेर वर्षैभरि रोजगारीमा लागिरहेको कुम्हाल समुदायका अर्का अगुवा लक्ष्मण पण्डितले बताउनुभयो । बजारमा प्लाष्टिकजन्य सामग्रीहरुले गर्दा महिलाको कमाइमा केही कमी भएको छ उहाको भनाइ छ । अल्पसंख्यक समुदायको रुपमा रहेको कुम्हाल जातिको पुर्ख्याैली पेशालाई अझै भरपर्दो बनाउन स्थानीय र प्रदेश सरकारले ध्यान दिनुपर्ने स्थानीयको सुझाव छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?