काम छोडेका ठेकेदार फर्किए, बेनी–तातोपानी सडक कालोपत्रे गरिँदै
गोरखापत्र अनलाइन
माघ १०, २०७८ सोमबार
बेनीदेखि तातोपानी सडक कालोपत्रे गर्ने तयारी थालिएको छ । सदरमुकामसँग पश्चिम म्याग्दीलाई जोड्ने बेनी–दरबाङ सडकखण्डअन्तर्गत पर्ने बेनीदेखि तातोपानीसम्मको नौ किलोमिटर सडक कालोपत्रे गर्ने तयारी गरिएको हो ।
दुई वर्षअघि सक्ने यो योजनाको निर्माण ठेकेदारको ढिलासुस्ती र लापरबाहीका कारण प्रभावित बन्दै आएको थियो । जिल्लाका सरोकारवाला पक्षहरूको निरन्तर खबरदारी र दबाबपछि ठेकेदार कार्यस्थलमा फर्किएर सडक बनाउन थालेको...