logo
२०८१ मंसिर ७ शुक्रवार



घोडाबासमा अस्थायी प्रहरी पोष्ट स्थापना

खुला |
प्रदेश |


घोडाबासमा अस्थायी प्रहरी पोष्ट स्थापना


कमल शर्मा
दैलेख, माघ १० गते । जिल्लाको गुराँस गाउँपालिका –४ घोडाबासमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । दैलेख–सुर्खेत–सडक खण्डको घोडाबास बजारमा आइतबार पोष्ट स्थापना गरिएको हो ।

जिल्लाको सबै स्थानीय तहमा प्रहरीको प्रभावकारी उपस्थिति बनाई शान्ति सुरक्षा प्रत्याभूति गराउने उद्देश्य तथा स्थानीय तहबाट चौकी स्थापनाको मागलाई सम्बोधन गर्दै घोडाबासमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख (डिएसपी) भुवनेश्वरप्रसाद साहले प्रहरी प्रधान कार्यालय कार्य विभाग हुँदै कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको आदेशअनुसार घोडाबासमा प्रहरी पोष्टको स्थापना गरिएको बताउनुभयो । अस्थायी प्रहरी पोष्टको आइतबार प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले उदघाटन गर्नुभयो ।

उहाँले भन्नुभयो “प्रहरी हेडक्वाटरबाट ६ गते अस्थायी प्रहरीपोष्ट घोडाबासको स्वीकृत भएको भए पनि उदघाटन भने आइतवार मात्र सम्भव भएको छ । गुराँस गाउँपालिकाका लालिकाँडा र रानिमत्तामा प्रहरीचौकी भएको र भौगोलिक अवस्थाअनुसार अस्थायी प्रहरी पोष्टको माग आएपछि स्वीकृत भएको हो ।

प्रमुख जिल्ला अधिकारी हरिबहादुर प्याकुरेलले अस्थायी प्रहरी पोष्टको उदघाटन गर्दै समाजमा शान्ति सुरक्षा कायम राख्न प्रहरी र नागरिक दुबैको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । समाजमा हुने अपराधिक घटनालाई निस्तेज पार्ने र शान्ति सुब्यबस्था कायम राख्न प्रहरी पोष्टको स्थापना गरिएको बताउनुभयो ।

घोडाबासमा स्थापना गरिएको प्रहरी पोष्टले प्रहरी चौकी रानिमत्ता र प्रहरी चौकी माथिल्लो डुङ्गेश्वरको बीचक्षेत्रको शान्ति सुरक्षालाई प्रभावकारी बनाउने, अपराध न्यूनीकरण गर्ने र राजमार्ग सुरक्षालाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?