logo
२०८१ मंसिर ७ शुक्रवार



मर्स्याङ्दी जलविद्युत आयोजनाको उत्पादन घट्यो

खुला |
प्रदेश |


मर्स्याङ्दी जलविद्युत आयोजनाको उत्पादन घट्यो


अमरराज नहर्की
तनहुँ, माघ १० गते । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मर्स्याङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादन घटेको छ । चिसो बढेपछि हिउँ नपग्लिएको र सुख्या मौसम भएकाले वर्षा नहुँदा नदीमा पानीको बहाव कम भएपछि उत्पादन घटेको केन्द्रका प्रमुख बद्री फुयाँलले जानकारी दिनुभयो ।

नदीमा पानीको मात्रा आधा कम भएकाले उत्पादन पनि सोहीअनुसार घटेको उहाँले जानकारी दिनुभयो । ‘‘साँझ र बिहान बिजुलीको माग धेरै हुनेभएकाले नदीको पानी दिउँसो रिजर्भ ट्याङ्कमा जम्मा गरेर लैजाने साँझ विहान भने पूर्ण क्षमतामै उत्पादन हुने गरेको छ’’ प्रमुख पूँmँयालले भन्नुभयो ।

विद्युतको माग साँझ ५ बजे देखि १० बजेसम्म र बिहान ५ बजेदेखि १० बजे बढी हुने भएकाले थुनेर राखेको पानीलाई छाडेर पूरा क्षमता ६९ मे. वा. नै उत्पादन गरिएको केन्द्र प्रमुख फुयाँलले जानकारी दिनुभयो । चैत अन्तिमसम्म उत्पादन घट्दै जाने, वैशाख लागेपछि हिउँ पग्लने र पानी वर्षा पनि हुने भएकाले उत्पादन बढ्ने केन्द्रले जनाएको छ ।

केन्द्रका अनुुसार हाल पानी कम हुँदा घटेर दिउँसो ४० मेगावाटको हाराहारीमा विद्युत् उत्पादन हुन्छ । विद्युतको माग धेरै भएको समयमा तीनवटा युनिटबाट २३÷२३ मेगावाटका दरले पूर्ण क्षमताअनुरुपको ६९ मेगावाट विद्युत उत्पादन भैरहेको छ । सुख्खा मौसममा विद्युत उत्पादन कम हुँदा प्राधिकरणले भारतबाट विद्युत आयात गर्नुपर्ने बाध्यता हुन्छ ।

मर्स्याङ्दी हिमालबाट बगेर आएको नदी हो । चिसो मौसममा तापक्रम घट््दैजाँदा हिँउ कम पग्लिने र वर्षा नहुँदा यसका सहायक नदी, खोला, खोल्सी, झरनामा पानीको बहाब घढेसँगै विद्युत उत्पादन पनि घट्ने गरेको केन्द्रले जनाएको छ । यस केन्द्रबाट उत्पादित विद्युत चितवनको भरतपुरबाट काठमाडौँको स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?