विद्यालयमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम
गोरखापत्र अनलाइन
चैत्र १४, २०७८ सोमबार
कपिलवस्तुको महाराजगन्ज नगरपालिका २ वगिहवास्थित दुर्गा भवानी कन्या माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी अघिल्लो वर्ष रजस्वला हुँदा पीडा भोगेको स्मरण गर्नुहुन्छ । रजस्वला हुँदा उहाँहरुलाई तल्लो पेट दुख्ने, टाउको दुख्ने थकान महसुस हुनेजस्ता समस्या हुनेगरेको थियो । छात्रा मात्र अध्ययन गर्ने विद्यालयमा लुम्बिनी प्रदेश सरकारले नर्सको व्यवस्था गरेपछि छात्राहरु लाभान्वित भएका हुन् ।