logo
२०८० चैत्र १५ बिहीवार



ज्येष्ठ नागरिकलाई सम्मान

खुला |
प्रदेश |
समाज |


ज्येष्ठ नागरिकलाई सम्मान


विजयकुमार साह
ढल्केवर, चैत १४ गते । धनुषाको मिथिला नगरपालिका १ लक्ष्मिनिवासले वडाभित्रका ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएकालाई सम्मानित गरेको छ । वडाले विपत्त व्यवस्थापन कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका गरी पाँचसय जनालाई सोमबार एक कार्यक्रमबीच सम्मानित गरेको हो ।

मिथिला नगरपालिकाका नगरप्रमुख हरिनारायण महताले ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मानित गर्नुभएको थियो । सम्मान कार्यक्रमका क्रममा नगर प्रमुख महतोले समाज रूपान्तरणमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका र एकल महिलाले खेलेको भूमिका अतुलनीय रहेको उहाँले बताउनुभयो ।

सरकारले सबै पक्षलाई सम्बोधन गर्दै देशमा स्थायित्व विकास र समृद्धिमा अगाडि बढिरहेको उहाँले चर्चा गर्नुभयो । सोही अवसरमा मिथिला नगरपालिका –१ का वडा अध्यक्ष लक्ष्मी महतोले समाजका सबै पक्ष एक भएर विकास र समृद्धिको यात्रामा अगाडि बढनुपर्ने बताउनुभयो ।

विकास निर्माणका कार्यसँगै ज्येष्ठ नागरिक, अपाङ्गता भएका र एकल महिलाको संरक्षण र सम्मानलाई प्राथमिकतामा राखेर कार्यक्रम गरेको उहाँले बताउनुभयो । कार्यक्रममा सम्मानित हुनुभएका ज्येष्ठ नागरिक, अपाङ्गता भएका र एकल महिलाले खुशी प्रकट गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?