logo
२०८१ बैशाख १४ शुक्रवार



धादिङ उद्योग वाणिज्य संघमा थपलिया

खुला |
प्रदेश |


धादिङ उद्योग वाणिज्य संघमा थपलिया


मुरारी अधिकारी
धादिङ, चैत १४ गते । धादिङ उद्योग वाणिज्य संघको १० औं अधिवेशनबाट अध्यक्षमा विष्णुप्रसाद थपलिया निर्विरोध चयन हुनुभएको छ । धादिङबेसीमा सम्पन्न अधिवेशनले थपलियाको अध्यक्षतामा २१ सदस्य समिति निर्विरोध चयन गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा रामकुमार डल्लाकोटी चयन हुनुभएको छ । त्यस्तै, उत्तरी क्षेत्रीय कार्य समितितर्फ सरोज बुढाथोकीको अध्यक्षतमा आठ सदस्यीय, मध्यक्षेत्रीय कार्यसमितिको नारायणकुमार श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय र दक्षिणी क्षेत्रीय कार्य समितितर्फ उमेश रुवालीको अध्यक्षतामा आठ सदस्यीय नयाँ कार्य समिति निर्विरोध चयन गरिएको हो ।

पाँच दिन अघिदेखि सुरु भएको अधिवेशनमा नेतृत्व चयनको विषयलाई दल निकट व्यवसायीहरु विभाजित भएपछि अधिवेशन सम्पन्न हुन लामो समय लागेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?