साउदीमा लम्बियो कर्फ्यूको आदेश, पूर्ण पालना गर्न दूतावासको अनुरोध
गोरखापत्र अनलाइन ,
चैत्र २१, २०७६ शुक्रबार
साउदी सरकारले कोरोना भाइरसको संक्रमण रोक्न कर्फ्यूको आदेश थप गरेकोे छ ।साउदीमास्थित नेपाली दूतावासले प्रेस बिज्ञप्ति जारी गर्दै आज अप्रिल ३, शुक्रबारबाट लागू हुने गरी पूर्वीक्षेत्रका दम्माम, ताइफ र कतिफ क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको जानकारी दिएको हो ।