एनआरएनएको आपतकालिन राहत कोषमा १ करोड ८८ लाख रूपियाँ जम्मा
गोरखापत्र अनलाइन ,
चैत्र १७, २०७६ सोमबार
गैरआवासीय नेपाली संघ (एनआरएनए) को आपतकालिन राहत कोषमा १ करोड ८८ लाख रूपियाँ जम्मा भएको छ। संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठका अनुसार विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण उत्पन्न परिस्थितिले देश भित्र र परदेशमा समस्यामा परेका नेपालीहरूको सहयोगार्थ सो रकम जम्मा भएको हो ।